मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

barnanmedia.com · Tue Jul 29 21:44:08 GMT 2025

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ ।

पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)