मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जो जहाँ छ, त्यहीँबाटै मतदानको व्यवस्था गराउन सरकारको जोडबल, तर छैन सहज

barnanmedia.com · Wed Nov 12 23:09:05 GMT 2025

सरकार कार्यस्थल अर्थात् नेपालभित्र जो जहाँ छ, त्यहीँबाट मतदानको व्यवस्था गराउन जोडबलमा लागेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा यसबारे जिज्ञासा राखेकी थिइन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला (कार्यस्थल) मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी थिइन्। तर, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद घिमिरेले भने समानुपातिकतर्फ यो व्यवस्था कायम गराउन सकिने भए पनि प्रत्यक्षतर्फ नसकिने जवाफ फर्काएका थिए। तर, समानुपातिकका लागि पनि कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ। समानुपातिकतर्फको मतलाई एउटै निर्वाचन क्षेत्र मानिने भएकाले सम्भव छ। तर, प्रत्यक्षतर्फ भने नेपालमा १६५ निर्वाचन क्षेत्र छन्। उदाहरणका लागि काठमाडौंमा रहेकाको हकमा मात्र यो व्यवस्था लागू गर्ने हो भने पनि यहाँका १० वटै निर्वाचन क्षेत्रमा १६५ मतदान पेटिका चाहिन्छ। यसरी हरेक निर्वाचन क्षेत्रमा १६५ वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टा मतपेटिका चाहिन्छ। एउटा निर्वाचन क्षेत्रमा १०–२० वटासम्म निर्वाचन स्थल हुन्छन्,त्यसभित्र निर्वाचन केन्द्र हुन्छन्। ती सबै निर्वाचन केन्द्रमा १६५ वटै मतपेटिका राखेर मात्र हुँदैन। ती मतपेटिका सम्बन्धीत निर्वाचन क्षेत्रमा लैजानु पर्छ, जुन सहज छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)