साफ च्याम्पियनसिप-२०२३ : भारत नवौंपल्ट च्याम्पियन
ekantipur.com · Wed Jul 05 00:33:09 GMT 2023
काठमाडौँ — भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो ।
भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए । कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल रहे । आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)