मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साजिलाल माविको विव्यस गठनमा राजनीतिक गन्ध

rajdhanidaily.com · Tue Jul 07 23:21:18 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । सरकारले हालै जारी गरेको शिक्षा नियमावली (दशौं संशोधन), २०८३ मार्फत सामुदायिक विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने उद्देश्यसहित विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनसम्बन्धी कडा व्यवस्था लागू गरेको छ। तर, यही व्यवस्थाको मर्मविपरीत मोरङको सुन्दरहरैंचा–६ स्थित साजिलाल माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा राजनीतिक भागबण्डाको गन्ध आएको भन्दै स्थानीय अभिभावक तथा सरोकारवालामाझ व्यापक चर्चा सुरु भएको छ।

स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि विभिन्न राजनीतिक दलबीच अनौपचारिक सहमति भएको र सोही आधारमा पद बाँडफाँड गर्ने तयारी गरिएको बुझिएको छ। यद्यपि यस’bout विद्यालय प्रशासन वा सम्बन्धित पक्षले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)