ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
ratopati.com · Tue Jun 16 13:34:47 GMT 2026

काठमाडाैँ । नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।
मङ्गलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै बानियाँले सडक तथा पुल निर्माणमा राज्यले गरेको ठुलो लगानी ओभरलोडका कारण छोटो समयमै खेर गइरहेको बताएका हुन्। उनले सडक पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि सबैभन्दा पहिले ओभरलोड नियन्त्रणमा केन्द्रित हुनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)