दसौँ राष्ट्रिय खेलकुद समयमै गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता : कर्णाली रङ्गशालाको अनुगमन
gorkhapatraonline.com · Tue Jun 16 13:36:12 GMT 2026
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको स्थलगत अनुगमन गर्नुभएको छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको निर्माण तथा तयारीबारे जानकारी लिन उहाँले अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना रहेको बताउनुभयो। प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन निर्देशन समेत दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)