ललितपुर महानगरको मेयर उम्मेदवारमा विवेकशील साझाबाट उज्ज्वल कृष्ण
ekantipur.com · Tue Apr 19 16:14:46 GMT 2022
ललितपुर — ललितपुर महानगरपालिकामा विवेकशील साझा पार्टीले उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ । मंगलबार पाटनस्थित भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा विवेकशील साझाले श्रेष्ठको उम्मेदवारी घोषणा गरेको हो। पार्टीको वाग्मती प्रदेशका संयोजकसमेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुअघि नवनिर्मित भीमसेनको मन्दिरमा पुगेर आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने वाचा गरेका थिए।
ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले बताएका थिए । 'मैले गर्नै नसकिने ठूला सपना देखाउँदिन। तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु। इमानदारी मेरो पहिलो सर्त हो,'श्रेष्ठले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)