रसुवा बाढीका २५ घाइतेमध्ये २० डिस्चार्ज
ratopati.com · Tue Sep 08 12:48:00 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवामा आएको बाढीमा परी घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले अद्यावधिक विवरण मंगलबार सार्वजनिक गरेको छ। अस्पतालका अनुसार उपचारका लागि आएका २५ घाइतेमध्ये २० जना डिस्चार्ज भइसकेका छन् ।
वीर अस्पतालका अनुसार केहीको थप उपचार भइरहेको छ। वीर अस्पतालका सहायक निर्देशक तथा प्रवक्ता डा.अनिता जि.सीले जारी गरेको विज्ञप्तिमा बाढीबाट घाइते भई भर्ना भएकामध्ये २० जना निको भएर घर फर्किसकेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)