बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग
khabarhub.com · Tue Sep 08 12:45:28 GMT 2026

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि दोलखाका भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्।
भीमेश्वर नगरपालिकाले कर्मचारी तथा शिक्षकको २०८३ भदौ महिनाको तलब तथा पारिश्रमिकबाट कट्टा हुने रकम र जनप्रतिनिधिले खाइपाइ आएको सुविधाको सात दिनबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। यसबाट नगरपालिकाबाट ३० लाख ६२ हजार ५९३ रुपैयाँ सहयोग हुने नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)