एनआईसी एशिया बैंक र ईएफआइएक्स नेपालबीच सम्झौता
arthasansar.com

एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहक महानुभावहरुको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)