मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमालयन बुलियनले बाढी पीडितलाई थप ८० लाख प्रदान गर्ने, कुल सहयोग १ करोड १ लाख

clickmandu.com · Fri Aug 28 10:54:03 GMT 2026

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको जनाएको छ । त्यसैगरी थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)