राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अयाल्लाई ४ दिन हिरासतमा राख्न अनुमति
corporatenepal.com · Tue Jun 16 13:35:55 GMT 2026

काठमाडौं । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो ।
Advertisement
विशेष अदालतमा अख्तियारले उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै म्याद थप गर्नका लागि निवेदन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ