मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले पहिले जिसस राखेर डुबायो, अहिले अतिरिक्त सचिव ब्यूँताएर

barnanmedia.com · Sun Jun 29 21:45:26 GMT 2025

कर्मचारीतन्त्रमा सबैभन्दा ठूलो पटड रहेको दल हो कांग्रेस। त्यसपछि एमाले र माओवादी हुन्।

अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार छ। प्रतिनिधिसभामा बहुमत रहेको यो गठबन्धनको रुचीमा राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार मात्र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। सहसचिव र सचिवबाट अवकाश पाएका कर्मचारीलाई २ वर्षसम्म नियुक्तिमा रोक लगाउनेगरी कुलिङ पिरियडमा कांग्रेस र एमालेभित्र नै फरक मत रहेका बेला समितिले कुलिङ पिरियड कायम गरेका छन्, जुन राम्रो पनि हो। तर, समितिका सभापति रहेका रामहरि खतिवडाले आफ्नो दल कांग्रेसको स्वार्थमा ठूलो गल्ती गरेका छन्, त्यो हो अतिरिक्त सचिव ब्यूताएर। ०४६ साल अगाडि छोटो अवधि र २०४९ सालदेखि २०५९ सालसम्म १० वर्ष निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थियो । त्यसयता, अभ्यासमा नरहेको यो व्यवस्था पुनः ब्युँताउनेगरी समितिले विधेयक अगाडि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)