मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा विधि–विधानको पक्षमा उभिएका ईश्वर पोखरेल

barnanmedia.com · Sun Jun 29 21:50:31 GMT 2025

नेकपा एमालेको आन्तरिक राजनीति यसरी तरंगित भइरहेको छ कि त्यसका कम्पनले सिंगो राष्ट्रिय राजनीतिमै खैलाबैला उत्पन्न गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आगामी महाधिवेशनलाई लक्षित गरी घोषित रुपमै पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । उनलाई रोक्न हर प्रयास गरेका महासचिव शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली जिल्लिएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यस घटनालाई कसरी लिएका छन् भन्ने प्रस्ट भइसकेको छैन ।

ओलीको बाहिरी हाउभाउ र हालैका उनका निकटतम पात्रहरुका अभिव्यक्ति एवं सार्वजनिक प्रस्तुतिहरु हेर्दा विद्याको आगमन उनका निम्ति पक्कै प्रिय छैन । यसरी हेर्दा आउँदो ११ औँ महाधिवेशनमा केपी र विद्या नै आमनेसामने हुने निश्चितप्रायः भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)