संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल
barnanmedia.com · Sun Jun 29 21:55:58 GMT 2025

काठमाडौँ, १६ असारः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो साझा उद्देश्य संसद््लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसद्ीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)