चट्याङ लागेर महिलाको मृत्यु
barnanmedia.com · Sun Jun 29 22:06:23 GMT 2025

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् ।
खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)