बागलुङका पाँच किसान पुरस्कृत
barnanmedia.com · Sun Jun 29 22:02:16 GMT 2025

कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार २२औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ भब्रेटाका चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ का नन्दलाल जैसी, वडा नम्बर ७ का ओमराज शर्मा, वडा नम्बर ४ का तिलोचन सापकोटा र ढोरपाटन–५ का हिमाल कुमार पुनलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)