बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Tue Jun 16 13:46:50 GMT 2026

डोटी बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार बडीकेदारका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्राकुमारी बोहरा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, तत्कालीन शिक्षा अधिकृत विवेक देउवा, सबइन्जिनियर दानबहादुर पछेरा, भागरथी निर्माण सेवाका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध मुद्दा चलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)