हाडनाता करणी मुद्दाका दोषी दाजु–भाइ धरानबाट पक्राउ
barnanmedia.com · Sun Jun 29 23:20:29 GMT 2025

सुनसरीको धरानमा हाडनाता करणी अभियोगमा फरार रहेका दुई जना दाजु–भाइ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूलाई शनिबार घर वरपरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान निवासी राई थरका ४० वर्षीय दाजु र ३० वर्षीय भाइ रहेका छन्। दुवै जना आफन्त महिलामाथि करणी अभियोगमा अदालतबाट दोषी ठहर भई कैद र जरिवानाको सजाय पाएका थिए। तर, फैसला कार्यान्वयन हुनुअघि उनीहरू फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)