करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
ratopati.com · Sat May 23 18:30:43 GMT 2026

जेठ १० गते आइतबारदेखि जेष्ठ १६ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको बलियो योग रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)