मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

barnanmedia.com · Sun Jun 29 23:29:45 GMT 2025

काठमाडौँ, १६ असारः उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ ।

संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने बिषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)