कर्जाको ब्याजदर घटाउन माग
abhiyandaily.com
पर्वत । पर्वतका उद्योगी व्यवसायीले बैंक ब्याजदर घटाउन माग गरेका छन् । बैंकले कर्जाको ब्याजदर बढाउँदा व्यापार व्यवसाय प्रभावित भएको उनीहरूको गुनासो छ । ब्याजदर घटाउन माग गर्दै जिल्लाका व्यावसायी आन्दोलनमा छन् । उनीहरूले पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै ब्याजदर घटाउन माग गरेका हुन् ।
कोभिड–१९ को महामारीसँगै उद्योगी व्यवसायीहरू थला परेको र तरलता अभावको समस्या खेप्नुपरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूबाट गरिएको ब्याजदरमा वृद्धि एवं चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ मा गरिएको व्यवस्थाप्रति व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । एकपक्षीय ढंगले बैंक तथा वित्तीय निकायबाट अनुचित रूपमा गरिएको ब्याजदर वृद्धि र संशोधित चालू पूँजी कर्जा नीतिका कारण मझौला, साना एवं लघुउद्यम सञ्चालक उद्योगी व्यवसायी मारमा परेको बताइएको छ । साथै सञ्चालनमा रहेका उद्योग व्यवसाय समेत पनि बन्द गर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)