३३ सयभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा
gorkhapatraonline.com · Tue Jun 16 13:59:34 GMT 2026

बाँकेको कोहलपुर नगरपालिकाले वडावासी नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा ३३ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
नगरपालिकाले गत वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म नगरका १५ वटै वडाहरुमा सञ्चालन गरेको ‘समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम’बाट २८ सय ९४ महिला र ४३५ जना पुरुष गरि जम्मा ३३ सय २९ जना लाभान्वित बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)