मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

Ujyaaloonline.com · Sun Jun 29 23:53:05 GMT 2025

काठमाण्डौ – कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हिजो बेलुकीसम्म धेरै ठाउँमा ठूलो पानी परे पनि राति भने सामान्य वर्षा मात्रै भएको छ । तर पश्चिमी भेगमा आज पनि ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)