टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग
Ujyaaloonline.com · Mon Jun 30 00:03:54 GMT 2025

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
हिजो विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले धरौटी माग गरेको हो । गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)