विद्यालयबाट फर्किरहेका दुई बालक बर्खे भेलले बगायो, एकको मृत्यु
gorkhapatraonline.com · Tue Jun 16 14:05:48 GMT 2026

प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका दुई बालकलाई जोगीपँधेरास्थित बर्खे भेलले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका छन्।
मृत्यु हुनेमा स्थानीय यामबहादुर खत्रीका कक्षा १ मा अध्ययनरत छोरा बिमल खत्री हुनुहुन्छ भने कक्षा ३ मा अध्ययनरत उहाका दाजु मिलन खत्री अझै बेपत्ता रहेको स्थानीय महेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार दिउँसो आएको आकस्मिक भेलमा दुवै बालक परेका थिए। घटनापछि स्थानीयवासीले खोजी गर्ने क्रममा बिमलको शव फेला परेको हो। मिलनको खोजी स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले जारी राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)