मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विधान संशोधनको प्रस्तावपछि सर्वसम्मत हुने सम्भावना बढ्यो : भट्टराई

ratopati.com

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गरी पदाधिकारी र सदस्यहरुको संख्या थप्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ । यो प्रस्तावलाई अब १० औँ महाधविशेनको बन्द सत्रमा अनुमोदन गर्नका लागि पेस गरिनेछ । बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन हुने सम्भावना बढेको आशा व्यक्त गरेका छन् । यद्यपि, उनले उम्मेदवारी दिने महाधिवेशन प्रतिनिधिहरुको अधिकारलाई भने केन्द्रीय कमिटीले कुण्ठित गर्न नसक्ने स्पष्ट पारे ।

नेकपा एमालेको आजको बैठकमा पदाधिकारी र केन्द्रीय समितिको संख्या थप गर्ने प्रस्ताव गरिएको थियो । निर्धारित पदभन्दा बढी आकांक्षी देखिएपछि पार्टी अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने ओलीको प्रस्ताव गरेका थियो । हालै सम्पन्न विधान महाधिवेशनले पारित गरेको नयाँ विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधानबाट हटाइएको पाेलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने ओलीले प्रस्ताव गरेका थिए । यो सङ्ख्या केन्द्रीय कमिटीको एक तिहाइ हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)