आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल उपविजेता
baahrakhari.com · Fri May 01 17:47:34 GMT 2026
काठमाडौं । नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीमा उपविजेता बनेको छ । शुक्रबार उपविजेता बन्न नेपालले प्रतियोगिताको अन्तिम खेलमा इटालीलाई आठ विकेटले पराजित गर्यो । यो जितसँगै नेपालले प्रतियोगितामा १० अंक जोड्दै दोस्रो स्थान सुनिश्चित गरेको हो ।
नेपालले प्रतियोगितामा कूल आठ खेल खेल्दा पाँच जित र तीन हार आत्मसाथ गर्यो । रुवान्डास्थित गहांगा क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले इटालीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य ३.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)