मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान

ratopati.com · Tue Jun 16 14:11:40 GMT 2026

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति ब्यहोरेकालाई रु सात लाख नगद राहत वितरण गरेको छ। कार्यालयले वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० बमोजिम जनही रु सात लाख ३९ हजार तीन सय ७० राहत वितरण गरेको हो।

बाँदर र भालुको आक्रमणबाट घाइते भएकालाई रु दुई लाख १८ हजार १२०, पशुधन क्षती ब्यहोरेकालाई रु ९८ हजार, बाँदरबाट कृषिबाली क्षति भएकालाई रु चार हजार २५०, पशुधन र कृषिबाली क्षति ब्यहोरेकालाई रु चार लाख १९ हजार राहत वितरण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)