मङ्गलादेवी स्मृति बुद्धिचालको उपाधि शान्तिलाई
gorkhapatraonline.com · Tue Jun 16 14:08:21 GMT 2026

थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गलादेवी स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ । धिमालले नौ चरणको खेलमा आठ अङ्क हात पार्दै उपाधि चुम्नुभएको हो ।
प्रतियोगितामा साढे सात (७.५) अङ्कसहित राधिका पौडेलले दोस्रो स्थान हासिल गर्नुभयो । यसैगरी सात अङ्क जोड्नुभएकी चितवनकी लक्ष्मी कँडेल तेस्रो बन्नुभयो ।
काठमाडौँ महानगरपालिका–२७ को आयोजनामा सञ्चालित सो प्रतियोगितामा देशभरका १०२ जना खेलाडीको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)