गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
nepaltvonline.com · Wed Jul 08 00:06:50 GMT 2026

हेटौँडा- केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपर्थ्यो । एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उहाँलाई सधैँ चिन्तित बनाइरहन्थ्यो ।
“आफ्नो कमाईको एक रुपैयाँ पनि थिएन,” श्रिया विगत सम्झँदै भन्नुहुन्छ, “भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन । गाउँमै केही गरौँ भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन ।” गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उहाँका लागि घरायसी परिकार मात्र थियो । हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कोही कसैले पनि व्यवसायको रूपमा हेरेको थिएन । त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उहाँले कहिल्यै गर्नुभएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)