मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान

nepalpress.com · Tue Jun 16 14:21:01 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको घोटालासम्बन्धी मुद्दामा मङ्गलवार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा राख्न आदेश दिएको हो । यसअघि प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी थुनामा गइसकेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमसँग ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी सजायको मागदावी गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवाको लागत अस्वाभाविक रूपमा बढाई करिब ५० करोड ३४ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरिएको थियो । अख्तियारले गौतमका विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ र ३ बमोजिम कैद र जरिवाना दुवै मागदावी गर्दै मुद्दा दायर गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)