मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाढीपीडितका लागि नेपाल पठाइने रेमिट्यान्समा ८ हप्ता शुल्क मिनाहा गर्न दिलीप राथाको आह्वान

nepalviews.com · Tue Sep 08 13:40:30 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय रेमिट्यान्स विज्ञ दिलीप राथाले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको संकटपूर्ण अवस्थालाई सम्बोधन गर्न विश्वभरका मनी ट्रान्सफर अपरेटर तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई आगामी आठ हप्ताका लागि नेपाल पठाइने रेमिट्यान्सको कारोबार शुल्क मिनाहा गर्न आह्वान गरेका छन् ।

विश्व बैंकका पूर्व वरिष्ठ अर्थशास्त्री तथा हाल ‘राथा ग्लोबल’का प्रमुख राथाले सेप्टेम्बर ७ मा जारी गरेको अपीलमार्फत प्राकृतिक विपत्तिको यस कठिन घडीमा विदेशमा रहेका नेपाली तथा परोपकारी संस्थाहरूले पठाउने सहयोग रकम कुनै अतिरिक्त शुल्कबिना पीडित परिवारसम्म पुग्नुपर्नेमा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)