जलवायु न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ : मुख्यमन्त्री यादव
onlinekhabar.com · Tue Sep 08 13:43:09 GMT 2026

२३ भदौ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेको परिस्थितिमा नेपालले अन्तरराष्ट्रिय समुदायसँग राहत नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्नुपर्ने समय आएको बताएका छन् ।
रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा सङ्कलित राहत सामग्री सार्वजनिकीकरण कार्यक्रममा मंगलबार मुख्यमन्त्री यादवले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका लागि अन्तरराष्ट्रिय मञ्चबाट आवाज उठाउन सङ्घीय सरकारसँग आग्रहसमेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)