गाउँ-गाउँमा पुगेर नागरिकको दृष्टि फर्काइरहेछ स्थानीय सरकार
ekantipur.com · Sat Jan 10 18:03:00 GMT 2026

सिरहा — कठ्यांग्रिँदो जाडो । शनिबारको दिन । असहज महसुस हुने मौसम र बिदाको दिन भएका कारण पनि लहान नगरपालिका-२२ जहदीमा मानिसहरूको खासै चहलपहल थिएन । तर, बिहानको ९ बज्दै गर्दा गाउँकै बाटो हुँदै सामुदायिक विद्यालयमा एउटा सेतो बस पस्यो ।
सेतो बस आएको केही समयमै विद्यालय परिसरमा स्थानीय सर्वसाधारणको भीड लग्यो । यो बस थियो- सगरमाथा चौधरी आँखा अस्पताल, लहानको । आँखामा समस्या भएर जाडोको पर्वाहै नगरी स्वस्फूर्त रूपमा स्थानीयहरू यहाँ चेकजाँच गराउन आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)