मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरद्वारा भूमि प्रशासन सेवा प्रदान

barnanmedia.com · Sat May 02 00:01:22 GMT 2026

काठमाडौँ महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ । वि.सं. २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो।

प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो। भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुसार यस्तै १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)