भारीभन्दा चर्काे महँगीको भार
gorkhapatraonline.com · Sat May 02 00:06:54 GMT 2026

कालीमाटी तरकारी बजारभित्र भारीको पर्खाइमा रहेका हरिबहादुर शिवाकोटीले मजदुर दिवस भन्ने अहिलेसम्म सुन्नुभएको छैन । उमेरले छ दशक पार गरिसक्नुभएका शिवाकोटीले काठमाडौँमै बसेर भरिया काम गर्न थालेको साढे दुई दशक पुग्यो तर यो दिनमा मजदुर दिवस पर्छ भन्ने उहाँलाई अहिलेसम्म कसैले भनेको छैन । उहाँलाई चिन्ता छ त बुढाबुढी कसरी पालिने ?
भारी बोकेर काठमाडौँको महँगीमा दुई जनाको परिवार धान्नसमेत गाह्रो भएको अनुभव शिवाकोटीको छ । “जति हलुका भारी त्यति पैसा कम, जति गह्रौँ भारी त्यति पैसा बढी तर गह्रौँ भारी बोक्न शरीरले छाडिसक्यो,” शिवाकोटीले भन्नुभयो, “महँगीले चामल, तेल, ग्यास किन्दा पनि नपुग्ने अवस्था आयो के गर्ने ? कोठाभाडा, पानी, बत्तीको सबै गर्दा त कमाइभन्दा खर्च बढी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)