मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामालाई मुख्यमन्त्री पदबाट हटाउन संविधान बाधक

rajdhanidaily.com · Tue Jul 29 23:09:59 GMT 2025

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई बुधबार (आज)बाट औपचारिक रूपमा हटाइँदै छ । संसदीय दलको नेताबाट हटाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने लामाको भनाइ सार्वजनिक भएको छ ।

यदि, संसदीय दलका नेताबाट हटाइए पनि मुख्यमन्त्री पदबाट लामाले राजीनामा नदिए राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उठेको छ । संवैधानिक हिसाबले संसदीय दलको नेताबाट लामालाई हटाइए पनि लामा मुख्यमन्त्री रहिरहनेछन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । यसका लागि संसदीय दलको नेता हुनु आवश्यक छैन । प्रदेशसभा सदस्य जो पनि मुख्यमन्त्री बन्न सक्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)