गिद्ध संरक्षणको बाटो
annapurnapost.com · Sun Mar 12 01:04:40 GMT 2023
पोखरा विमानस्थल वरिपरिको ठाउँ चरामध्ये पनि गिद्धको बासस्थान हो। जसै विमानस्थल बन्यो र जहाजहरू आउजाउ गर्न थाले। गिद्ध पनि जहाजमा ठोक्किन थालेका छन्।
चराहरू उडेको देखासिकी गर्दै मानिसले जहाज बनायो। अनि चराहरूझैं आकाशमा निस्फिक्री उड्ने रहर पूरा गर्यो। जहाजको आविष्कारले मानिसलाई त सजिलो भयो तर निस्फिक्री हावामा कावा खाँदै आएका तिनै चराचुरुंगीलाई अप्ठेरो पर्यो। यसै त पृथ्वीका वनजंगल र बुटबुट्यान मास्दै मानिसले घर बनाए। र, चराहरूले गुँड बनाउने ठाउँ विस्थापित भएको थियो। झन् विज्ञानको आविष्कार जहाजले चराहरूको आकाश पनि अतिक्रमण गर्यो। मानव जातिले जहाज आविष्कार गर्नुअघि आकाशमा एकछत्र राज चराहरूको मात्रै हुन्थ्यो। अचेल भने चराहरू जति उड्छन्, त्यति नै जस्तै संख्यामा जहाज उड्न थालेका छन्। अनि आकाशमा कहिले चराको बाटोमा जहाज ठोक्किन आइपुग्छ त कहिले जहाजको बाटोमा चरा। यस्तो द्वन्द्व पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)