मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको चेतावनी- इजरायलले लेबनानमा हमला जारी राखे सम्झौता उल्लंघन मानिनेछ

barnanmedia.com · Tue Jun 16 14:46:49 GMT 2026

इजरायलबाट फेरि लेबनानमा हमला भए अमेरिकासँगको युद्धविराम सम्झौता उल्लंघन भएको मानिने इरानले चेतावनी दिएको छ । इरानका विदेशमनत्री अब्बास अराघचीले मंगलबार यस्तो चेतावनी दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

‘यो सम्झौतालाई दुई भागमा देख्न सकिन्छ,’ जसमा विदेशमन्त्री अराघचीले भनेका छन्, ‘एक भागमा इरान र हिजबुल्लाह छन् र अर्को तिर अमेरिका र इजरायल । युद्ध पूर्ण रूपमा रोकिन लेबनानमा लडाइँ रोकिनुपर्छ ।’

यदि इजरायलले लेबनानमा हमला वा जमिनमाथि कब्जा कायम राख्छ भने सम्झौताको उल्लंघन मानिने उनले चेतावनी दिए ।

इरान र अमेरिकाबीच सम्झौता भएपनि इजरायलका कैयौं नेताले त्यसलाई स्वीकारेका छैनन् । उता इजरायली सेनाले दक्षिणी लेबनानमा चरमपन्थीमाथि अझै पनि हमला जारी राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)