मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुटर दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

ekantipur.com · Sun Apr 28 00:08:52 UTC 2024

काठमाडौँ — स्कुटर दुर्घटनामा परी पत्रकार नवीन राई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राईलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

प्रहरी वृत्त, दरबारमार्गका डीएसपी गोविन्द थापाका अनुसार राई सवार स्कुटर शनिबार बिहान ४ बजेतिर कमलादीमा दुर्घटनामा परेको हो । स्कुटरको पछाडि बसेका उनी सडकमा खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । ट्रमा सेन्टरले थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरिदिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)