मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन-जी परिषद्‌ गठनका लागि ईमेलमार्फत सर्वसाधारणको सुझाव माग्दै सरकार

techpana.com · Sat Jan 10 18:10:29 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जेन-जी परिषद्‌ गठनका लागि सर्वसाधारणसँग सुझाव माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालयले २९ पुससम्म सुझाव पठाउन अनुरोध गरेको हो ।

गत २४ मंसिरमा जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौतामा जेन-जी परिषद्‌ गठन गर्ने सहमति भएको थियो । यसका लागि जेन-जी परिषद्‌को संरचना, जिम्मेवारी लगायतका विषयमा सरोकारवालाले ईमेल ( [email protected] ) मा राय तथा सुझाव पठाउन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)