इलाम २ मा ६० र बझाङ (१) मा ५० प्रतिशत मतदान, मतगणना आज
nayapatrikadaily.com · Sun Apr 28 00:18:00 UTC 2024

निर्वाचन आयोगले इलाम र बझाङ उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ । उता बझाङमा करिब ५० प्रतिशत मतदान भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए । ‘शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो । यो प्रहरीको रिपोर्टअनुसारको मत संख्या हो,’ उनले भने, ‘अब ठ्याक्कै कति मत खस्यो भन्नेचाहिँ गणनाका क्रममा थाहा हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)