रोहितको आक्रामक शतकमा नेपालको जित
ekantipur.com · Sun Apr 28 00:26:26 UTC 2024
काठमाडौँ — नेपाल भ्रमणमा आएकामध्ये हालसम्मकै सबैभन्दा बलियो क्रिकेट टोलीमा पर्छ वेस्ट इन्डिज ‘ए’ । यही टिमबाट कम्तीमा दुई खेलाडी अर्को महिना हुने ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिज टोलीमा स्थान बनाउन खोजिरहेका छन् । १० जना खेलाडीले त यसअघि नै राष्ट्रिय टिमबाट खेलिसकेका पनि हुन् ।
शनिबार घरेलु दर्शकले खचाखच कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आक्रामक शतक हाने । तीव्र गतिका बलर ओबेड म्याकोयलाई १८औं ओभरको सुरुवातमै लगातार चौका र दुई रन हान्दै उनले ४७ बलमा शतक पूरा गरेका हुन् । ओबेड तिनै बलर हुन्, जसले दुई वर्षअघि भारतविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ रन खर्चेर ६ विकेट लिएका थिए । शतकप्रेरित घरेलु टोली नेपालले ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा ४ विकेटको स्मरणीय जित पनि हात पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)