शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
ratopati.com · Tue Jun 16 15:09:51 GMT 2026

सुर्खेत। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालादेखि विभिन्न शैक्षिक संस्थाको अनुगमन गरेका छन्। बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको वार्षिक उत्सव तथा दीक्षान्त समारोहमा उपस्थित हुन उनी यहाँ आएका हुन् ।
९९ प्रतिशत काम सम्पन्न भएर अलपत्र परेको कर्णाली रङ्गशाला पुगेका मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने बताए ।यसअघि पटक–पटक मिति तोक्दा पनि प्रतियोगिता हुन सकेको थिएन । रङ्गशालाको अनुगमन पश्चात् मध्यपश्चिम विश्वविद्यालयका विभिन्न निकायहरूको अनुगमन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)