मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समयमै नवीकरण नगर्ने ५ हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द

shilapatra.com · Tue Jun 16 15:07:00 GMT 2026

औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र सञ्चालन प्रमाणपत्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलको प्रमाणपत्र रद्द गरेको छ।

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नवीकरण प्रक्रिया पूरा नगरेका ५ हजार ३०२ औषधि पसलको सञ्चालन प्रमाणपत्र स्वतः रद्द भएको जनाएको हो।

विभागका अनुसार औषधि ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार निश्चित अवधिभित्र सञ्चालन प्रमाणपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहे पनि सम्बन्धित पसलहरूले तोकिएको समयभित्र प्रक्रिया पूरा नगरेकाले प्रमाणपत्र स्वतः खारेज भएको हो।

हेर्नुहाेस् सूची–

प्रकाशित मिति: मंगलबार, असार २, २०८३

२०:५२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)