मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन छाड्यो हायु परिवारले थातथलो ?

rajdhanidaily.com · Tue Jul 29 23:31:07 GMT 2025

पोखरा । पोखराको गगनगौंडामा भेटिएका सिन्धुलीका हायु परिवारले आफ्नो थातथलो छाड्नुको रहस्य खुलेको छ । मंगलबार बिहान १० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६, बिखर कटेरी छेड्पाका ४५ वर्षीया उर्मिला हायुसहित परिवारका १६ जना सदस्यहरु एक्कासि बेपत्ता भएको खबरपछि सर्वत्र खोजबिन सुरु भएको थियो । राज्यको सम्पूर्ण संयन्त्र लगाएर दिनभरको खोनबिनमा अन्ततः उनीहरु पोखरा–३०, गगनगौंडामा सोमबार राति सवा ९ बजे सकुशल भेटिएका थिए ।

स्थानीय सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना डेरा लिई बस्न थालेको प्रहरीसँग सोधपुछमा खुलेको थियो । उनीहरु गत १० साउन राति १ बजे २० हजार भाडा जितेर इभी भ्यान रिजर्भ गरेर खनियाँखर्क–सिन्धुली–हेटौडा–मुग्लिन हुँदै पोखरा आएको खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)