मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुतलीझैँ सिंगारिए, कोर्राले पिटिए- थारू बस्तीको गुरही पर्व

rajdhanidaily.com · Tue Jul 29 23:36:25 GMT 2025

कपिलवस्तु । थालभरि रंगीबिरंगी कपडाका पुतलीहरू थारू समुदायमा यसलाई “गुरही” भनिन्छ। कपडाका यी पुतलीहरू चना र केराउ मिसाइएको परिकार “घुघरी”सँगै थालमा राखिन्छन्। हातमा लठ्ठी र बनकस (बाबियो) को कोर्रा लिएर युवकहरू तयार छन्। अनि सुरु हुन्छ एक अनौठो, परम्परागत, र आजको सन्दर्भमा झनै अर्थपूर्ण बनिरहेको संस्कार—गुरही पर्व।

थारूहरूका लागि गुरही एउटा मात्र पर्व होइन, यो कृषि, स्वास्थ्य र सामूहिक चेतनाको एक सशक्त सांस्कृतिक अभिव्यक्ति हो। रोपाइँ सकिएपछि सुरु हुने यो पर्वलाई थारू समुदायले वर्षको पहिलो पर्व मान्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)