मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नगर प्रमुख भट्टराईद्वारा अनिश्चितकालिन आमरण अनसनको घोषणा

rajdhanidaily.com · Tue Jul 29 23:41:57 GMT 2025

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालिन आमरण अनसनको घोषणा गरेका छन् । मंगलबार नगरका कार्यवाहक नगरप्रमुख विसन राईद्धारा विज्ञप्ति जारी गर्दै नगरप्रमुख भट्टराईले भोलि बुधबारदेखि अनिश्चितकालिन आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

तीन दिनसम्म सत्याग्रहमा बस्दा समेत सरकारकातर्फबाट मागहरुलाई सम्बोधन गर्न औपचारिक रुपले कुनै गम्भिर चासो, पहल नभएकाले सत्यग्रहको पुर्वघोषित दोश्रो चरणकोे कार्यक्रम अन्तर्गत अनिश्चितकालिन आमरण अनसनको तयारी गरिएको कार्यवाहक नगरप्रमुख विसन राईद्धारा जारी विज्ञप्ति विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्यूले २०८२–०४–१४ गते बिहान ९.०० बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहको कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउनु भएको ब्यहोरा जानकारी गराइन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)