२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीको व्यापक खोजी
annapurnapost.com · Wed Jul 08 01:08:00 GMT 2026

काठमाडौं : २५ जनाको ज्यान लिइसकेको ध्रुवे नाम गरेको हात्तीको व्यापक खोजी भइरहेको छ। धु्रवेले आक्रमण गरी गत शनिबार मात्रै भरतपुर–२३, जगतपुर छेउमा बस्दै आएका २५ वर्षकी आशिका बोटे र उनका ४ वर्षीय छोराको ज्यान लिएको थियो। घरमा सुतिरहेको समयमा हात्तीको आक्रमणमा परेकी बोटेसहित धु्रवेबाट मारिनेको संख्या २५ पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।